काठमाण्डौ ।साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रस्तावित लाभांशलाई संशोधन गरेको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको बताएको छ ।कम्पनीले यसअघि  गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड १६ लाख छ ।