काठमाण्डौ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको २२ औं वार्षिक साधारण सभाका अवसरमा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको हो । 
 

कम्पनीले सभामार्फत् आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्तापूँजी  ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ रुपैयाँको १४.२५ प्रतिशतले हुने ४७करोड ४७ लाख ५५ हजार ५९४ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्तापूँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश  २ करोड ४९ लाख ८७ हजार १३६ गरी जम्मा चुक्तापूँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख ४२ हजार ७३० रुपैयाँ लाभांश  प्रस्ताव पारित गरेको छ ।