काठमाण्डौ । साना किसान विकास लघुवित्तको लिलामीमार्फत बिक्री गरिएको संस्थापक सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) आज खोलिने भएको छ । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको गत मंसिर २४ गतेदेखि पुस २९ गतेसम्म बिक्रीमा राखिएको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक सेयरको बोलपत्र आज खोलिने भएको हो । 

उक्त बोलपत्र थापाथलीमा रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको प्रधान कार्यालयमा दिँउसो २.३० बजे खोलिने छ ।