काठमाण्डौ। सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई ई–कमर्सका माध्यमबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ।
स्ीिस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा आज विराटनगरमा नवउद्यमीहरुलाई डिजिटल प्लेटफर्मको प्रयोगबारे तालिममार्फत ज्ञान दिइएको हो। महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले साना उद्यमीहरुले वर्षौंदेखि चलाइरहेका उद्यमबाट उत्पादित वस्तु तथा सेवालाई नयाँ उपभोक्ताहरुमाझ पुर्याउनका लागि तालिम प्रभावकारी रहेको बताए। उनले उत्पादनको परम्परागत रुपमा गरिने बजारिकरणलाई प्रविधि र ज्ञानको प्रयोग गरेर अझ धेरै उपभोक्ता कहाँ पु¥याउन तालिम निकै उपयोगी बन्ने विश्वास व्यक्त गरे।
तालिममा सिकेका कुरालाई आफ्नो उद्यमलाई अघि बढाउने गरी प्रयोग गर्न पनि अध्यक्ष ढकालले सहभागीहरुलाई आग्रह गरे।
संयुक्त राष्ट्र संघ पुँजी विकास कोषका सरोज नेपालले ग्रामीण क्षेत्रमा पनि मोबाइललगायतका डिजिटल टेक्नोलोजीहरुको प्रयोग बढेका कारण नेपालमा ई–कमर्सको क्षेत्र बढेको बताए। तालिमबाट साना उद्यमीहरुलाई पनि ई–कमर्समा प्रवेश गर्न र उत्पादनको प्रवर्द्धन र बजारीकरणमा अघि बढ्न हौसला मिल्ने बताए।
ई–कमर्सको क्षेत्र बढेका कारण नेपालमा यसका लागि नीतिहरु पनि बन्दै गएकोले अब हरेक व्यवसायमा यसको प्रभावकारिता हुने नेपालले जानकारी दिए। उनले दूरदराजमा इन्टरनेटको पहुँच बढ्दै गएकोले साना तथा लघु उद्यमीहरुले इन्टरनेट र आफूले चलाइरहेको मोबाइललगायतका डिजिटल उपकरणहरुका माध्यमबाट उत्पादन प्रवद्र्धन गर्न सक्ने बताए। त्यसैका लागि यस्तो तालिमलाई अघि बढाउन सहयोग गरिएको उनले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले उद्यमी–व्यवसायीहरुबीच एक–अर्काको व्यवसायबारे जानकारी प्राप्त अवसरका रुपमा पनि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
नेपालमा मोबाइल, आइप्याड, ल्यापटप र अन्य प्रकारका कम्प्युटरजन्य विद्युतीय उपकरणको प्रयोग बढेका कारण इकमर्शको अभ्यास पनि बढ्दै गएको तालिमकी प्रशिक्षक रिया श्रेष्ठले बताइन्। उनले यस्ता उपकरणहरुलाई मनोरञ्जनात्मक सामग्री हेर्ने माध्यमका रुपमा बढी प्रयोग गर्नुभन्दा उद्यमीहरुले आफ्ना उत्पादनको प्रवर्द्धनमा बढी प्रयोग गर्न सक्नुपर्ने सुझाव दिइन्।
तालिममा मोरङ सहित अन्य जिल्लाका साना तथा लघु र महिला उद्यमीहरु गरी करिब ६० जनाको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago