काठमाण्डौ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि लगानीको उत्तम विकल्प हो म्युुचुुअल फण्ड । जोखिम कम हुने र राम्रो रिटर्न दिने हुँदा यस्ता फण्डहरुको लगानी दोश्रो बजारको लगानीभन्दा सुरक्षित मानिन्छ । लगानीकर्ताहरुको यस्तै आकर्षण रहने कारण पछिल्लो समय एकपछि अर्को गर्दै म्युुचुुअल फण्डहरु आउन थालेका छन् । यही क्रममा सानिमा क्यापिटल लिमीटेडले समेत १ अर्ब २० करोड मूल्यको म्युुचुुअल फण्ड ल्याउने भएको छ । 

सानिमा क्यापिटलले असार १६ गते सानिमा इक्वीटी फण्डका १२ करोड इकाईको सार्वजनिक निश्कासन गर्ने गरी १ अर्ब २० करोड मूल्यको फण्ड संचालनको स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

सानिमा इक्वीटी फण्डलाई सानिमा क्यापिटलले प्रवद्र्धन गर्नेछ भने सानिमा बैंकले यो फण्डलाई प्रयोजन गर्नेछ । 

यो स्किम संचालनको स्वीकृति आएलगत्तै १० रुपैयाँ प्रति इकाई मूल्यका कुल १२ करोड इकाईमा सर्वसाधारणलाई लगानी खुल्ला गरिनेछ । यसको अर्थ सर्वसाधारणले १ अर्ब २० करोड रुपैयाँमा सुरक्षित र सहज लगानीको राम्रो अवसर प्राप्त गर्नेछन् । 

हाल नेपाल स्टक एक्सचेञ्जमा ११ वटा म्युचुुअल फण्डले कारोबार गरिरहेका छन् । हालै लक्ष्मी इक्वीटीले सार्वजनिक निश्कासन जारी गरेको थियो, यो फण्ड अझै पनि सूचिकृत भइसकेको छैन ।

धितोपत्र बोर्र्डको पाइपलाइनमा १ अर्ब २० करोड मूल्यको सिद्धार्थ इक्वीटी फण्ड र उति नै मूल्यको ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ समेत स्वीकृतिको प्रतिक्षामा छन् । यसको अर्थ निकट भविष्यमै सानिमा इक्वीटी फण्डसहित तीनवटा म्युुचुुअल फण्डले ३ अर्ब ६० करोड मूल्य बराबरको सार्वजनिक निश्कासन गर्नेछन् । तीनवटै फण्डमा सुरक्षित लगानीका लागि तपाईले बेलैदेखि लगानी रकमको जोहो गर्दै गर्नुभए उत्तम हुनेछ ।