काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ४० करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा २५.४४ प्रतिशतले घटेको छ। 

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ९३ करोड ५० लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ३ अर्ब ८ करोड रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १६ करोड रुपैयाँ र अन्य रिजर्भमा १ अर्ब २९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ९२ करोड १८ लाख रुपैयाँ र अन्य रिजर्भमा ९ लाख ५० हजार रुपैयाँ रहेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.६८ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २६.९३ गुणा रहेको छ।