काठमाण्डौ। सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गर्दै नवौँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने २५ करोड ५३ लाख १० हजार रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १२ करोड ७६ लाख ५५ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।
बैठकले कम्पनीको नवाँै वार्षिक साधारणसभा आउँदो पुस २३ गते डोकेको छ। सोही सभाले प्रस्तावित लाभांश पारित गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19