काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सानिमा माई हाइड्रोपावर लिमिटेडले ४० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७ लाख रुपैयाँ थियो। अन्य स्रोतबाट हुने आम्दानी घटेर १ लाख ४२ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी ११ लाख १२ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको रिजर्भको आकार ३.६५ प्रतिशतले बढेर ६८ करोड २ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ६५ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.४९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२२ रुपैयाँ रहेको छ।