काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४५ करोडरुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ३५.४६ प्रतिशतले बढेको छ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.५१ प्रतिशतले बढेर ७४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६६ करोड ३६ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेर ५४ करोड ६६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४७ करोड ८० लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ८२ करोड १३ लाख रुपैयाँको भएको छ। गत वर्ष रिटेन्ड अर्निङ ६० करोड ८४ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको ईपीएस बढेर १४.५७ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस ११.८३ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.८० रुपैयाँ रहेको छ।