काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा यही असोज १७ गतेबाट पठाउन सुरु गरिने भएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले आज एक सूचना प्रकाशित गरी प्रतिफल वितरण गर्न लागिएको जानकारी गराएको हो। गत आर्थिक वर्षको मुनाफाबाट सानिमा इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ३३ प्रतिशत र सानिमा लार्ज क्याप फन्डका इकाइधनीहरुलाई करसहित ४ प्रतिशत नगद प्रतिफल वितरण गर्ने तयारी सानिमा क्यापिटलले गरेको छ।
सानिमा बैंक कोष प्रवर्द्धकका रुपमा रहेको यी दुवै योजनाका इकाइधनीहरुलाई हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाइ जम्मा भई नसकेकाहरुले सानिमा क्यापिटलमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अदावधिक गराउन पनि सानिमा क्यापिटलले आग्रह गरेको छ। यसका साथै आफ्नो हितग्राही खातामा बैंक खातासम्बन्धी विवरण अद्यावधिक गराएपश्चात मात्र क्रमैसँग प्रतिफल जम्मा गर्ने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ।
आफ्नो इकाइ धितो राखेका इकाइधनीको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र अनिवार्य पेस गरेपश्चात मात्र बैंक खातामा प्रतिफल जम्मा गरिने पनि क्यापिटलले स्पष्ट पारेको छ। क्यापिटलका अनुसार प्रतिफल नियमानुसार लाग्ने कर कट्टा गरी आईपीएसमार्फत जम्मा गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19