काठमाण्डौ । सानिमा क्यापिटल मार्केट लिमीटेडले आफ्नो पहिलो म्युुचुुअल फण्ड सानिमा इक्वीटी फण्डको १२ करोड इकाईहरुको बिक्री मंगलबारदेखि खुलाएको छ । 

निश्कासन गरिएका इकाईमध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि र बाँकी १ करोड ८० लाख कोष प्रवद्र्धक सानिमा बैंकका लागि छुट्याइएको छ । प्रति इकाई १० रुपैयाँ मूल्य राखेर लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि लगानीको प्रस्ताव पेश गर्न सक्नेछन् । 

म्युचुुअल फण्ड संचालनको कुनै पूर्व अनुुभव नभएको सानिमा क्यापिटलको इकाई मरिहत्ते गरेर खरीदको आवेदन दिन आवश्यक देखिन्न । कारण, सानिमा इक्वीटी फण्डको प्रति इकाईमा लगानीकर्ताले १० रुपैयाँ लगाउनै पर्छ, जबकि दोश्रो बजारमै यसअघि नै संचालनमा रहिसकेका म्युुचुुअल फण्डका इकाईहरु १० रुपैयाँ भन्दा कम मूल्यमा फालाफाल छ । 

बुद्धिमानी लगानीकर्ताले दोश्रो बजारमा १० रुपैयाँ भन्दा कम मूल्यमा फालाफाल पाइराखिएको म्युचुुअल फण्डका इकाईहरु खरीद गर्दा चाहि बरु झञ्झट व्यहोरिरहनुु पर्दैन । आइपीओमा आवेदन दिने, आवेदनका लागि लगानी गरिएको रकम धेरै लामो समयसम्म फ्रिज हुने र इच्छाए जति इकाई समेत किन्न नपाइने भएपछि मरिहत्ते गरेर सानिमा इक्वीटी फण्डको इकाई खरीदमा अपहत्ते गर्नु सान्दर्भिक नरहेको बजारका विज्ञ बताउँछन् ।

यहीकारण समेत सानिमा इक्वीटीको इकाईमा कम आवेदन पर्ने संभावना देखिन्छ । 

हुन त यस्ता म्युचुुअल फण्डहरुले पूँजीबजारलाई बलियो बनाइराखेका हुन्छन् । यस्ता फण्डहरुले बजारको स्थायीत्वताका लागि समेत उत्तिकै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । बजारमा यस प्रकारका म्युचुुअल फण्डहरु आउनुु पनि पर्छ । तर, लगानीकर्ताको नजर र नाफाघाटाको कोणबाट हेर्ने हो भने बजारमा ९ रुपैयाँमै पाइराखेको म्युचुुअल फण्डको इकाई छाडेर नयाँ फण्डको इकाईमा १० रुपैयाँ हाल्नुु मूर्ख निर्णय मात्र हुनेछ । 

कसको न्याभ कति ?
बजारमा म्युुचुुअल फण्ड संचालनको राम्रो अनुुभव भएका कम्पनीहरुको प्रति इकाई खूद मूल्य(न्याभ) समेत १० रुपैयाँ भन्दा तल रहेको छ । कात्तिक मसान्तसम्मको वित्तीय विवरण अनुसार एनआइबिएल प्रगति फण्डको न्याभ घटेर ९ रुपैयाँ ३७ पैसामा सीमित बनेको छ । एनआइबिएल समृृद्धि फण्ड १ को न्याभ समेत घटेर १२ रुपैयाँ ८२ पैसामा झरेको छ । 

यो अवधिमा लक्ष्मी भ्यालुु फण्ड १ को न्याभ ११ रुपैयाँ ५३ पैसा तथा लक्ष्मी इक्वीटी फण्डको न्याभ घटेर ९ रुपैयाँ ६२ पैसा कायम भएको छ । 

सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको न्याभ १२ रुपैयाँ ८३ पैसा तथा सिद्धार्थ लगानी वृद्धि योजना १ को न्याभ २१ रुपैयाँ ८ पैसा कायम भएको छ । ग्लोबल आइएमई समुन्नत स्कीमको न्याभ १० रुपैयाँको हाराहारीमा छ भने नवील इक्वीटी फण्डको ९ रुपैयाँ ७७ पैसा छ । एनआइबिएल हाइब्रिड फण्ड एल १ को न्याभ १०.४७ रुपैयाँ छ भने एनएमबी सुुलभ फण्डको १४.१७ रुपैयाँ रहेको छ । नबील ब्यालेन्स फण्डको न्याभ भने १९.२४ रुपैयाँ रहेको छ । 

बजार मूल्य कसको कति ?
बजारमा यस्ता फण्डहरु संचालनमा छन्, जसको इकाई खरीद गर्दा भविष्यमा सानिमाले गरेको प्रतिबद्धता भन्दा राम्रो रिटर्न पाउनसक्ने अवस्था छ । कतिपय फण्डले आर्थिक वर्ष २०७३ ७४ मा कमाएको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशतसम्म रिटर्न दिएका छन् । अनुुभवी समूहले संचालन गरेको फण्ड छाडेर वार्षिक १५ प्रतिशतसम्म चाहि दिन सकिन्छ कि भन्ने सानिमा क्यापिटलवालाको फण्डमा लगानी गर्नु पनि अर्को मूर्खता हुनेछ । 

कुनै पनि कम्पनीको म्युचुुअल फण्डहरुमा लगानी गर या नगर भन्नु हाम्रो अधिकारको बिषय नहोला । तर, लगानीकर्तालाई कहाँ लगानीकर्ता नाफा हुन्छ र लगानी सुरक्षित हुन्छ भन्ने बिषय मात्र यहाँ भन्न खोजिएको हो । अनावश्यक झञ्झट गरेर बजारमा ९ रुपैयाँमै पाइराखिएको फण्डलाई छाडेर सानिमा इक्वीटी फण्डको इकाई १० रुपैयाँमा खरीद गर्नु बेकार नै छ । 

ग्लोबल आइएमई समुन्नत स्कीमको अन्तिम कारोबार मूल्य नै प्रति इकाई ९.९२ रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी इक्वीटी फण्डको १०.१५ रुपैयाँ, एनआइबिएल प्रगति फण्डको १०.०५ रुपैयाँ, एनएमबी हाइब्रीड फण्ड एल १ को १०.०६ रुपैयाँ, नवील इक्वीटी फण्डको १०.१२ रुपैयाँ, लक्ष्मी भ्यालूू फण्ड १ को ११.५५ रुपैयाँ, एनआइबिएल समृद्धि फण्ड १ को १२.१० रुपैयाँ, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमको १२.९० रुपैयाँ, एनएमबी सुलभ इन्भेष्ट फण्ड १ को १३.४५ रुपैयाँ, नबील ब्यालेन्स फण्ड १ को १७.५५ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को २१.१५ रुपैयाँ रहेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम आउँदो पुसमा परिपक्व हुँदैछ । 

संचालनमा रहेका ११ म्युचुुअल फण्डहरुमध्ये अधिकांश पुराना छन् । यिनै फण्डहरुलाई समेत प्रति इकाई मूल्य १० रुपैयाँ कायम गर्न हम्मे हम्मे परिरहेको बेला सानिमा इक्वीटी फण्डले चमात्कार गरेर लगानीकर्तालाई ठूलै रिटर्न देला भन्ने कुनै आधार छैन । यस आधारमा हेर्दा पनि सानिमा इक्वीटीको इकाईमा बढी अपहत्ते नगर्दै राम्रो देखिन्छ । 

अर्कोतर्फ, सानिमासँग यसअघि फण्ड संचालनको अनुुभव नभएकोले समेत यसको म्युुचुुअल फण्डमा बढी जोखिम व्यहोर्नुपर्ने हुनसक्छ ।