काठमाण्डौ । सानिमा बैंकको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। 

गत असार १० गतेबाट सानिमा बैंकको ‘सानिमा डिबेन्चर-२०८९’ नामक ऋणपत्रका १ हजार अंकित दरका कुल ५० लाख इकाइ बिक्री खुलाइएको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार १४ गते हुने भएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब यो ऋणपत्रमा असार २४ गते बैंकिङ समयपछि आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ। यो अवधिभित्र मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने आरबीबी मर्चेन्टले स्पष्ट पारेको छ।

बैंकको यो ऋणपत्रको कुल इकाइमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेको) का लागि बिक्री खुला गरिएको छ। 

यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

सानिमाको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।