काठमाण्डौ । सानिमा बैंकको आज २५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। 

बैंकले आज एक सूचना प्रकाशित गरी संस्थापक समूहको २५ लाख कित्ता बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयर खरिदका लागि सर्वसाधारण र संस्थागत लगानीकर्ताले पनि आवेदन दिन सक्छन्।

यसअघि उक्त संस्थापक सेयर संस्थापक सेयरधनीहरुका लागि मात्र बिक्री खुला गरिएको थियो। तर, तोकिएको ३५ दिनभित्र कुनै आवेदन परेपछि बैंकले सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि बिक्री खुला गरेको हो। 

यो सेयरमा १५ दिनभित्र खरिद आवेदन दिन सकिन्छ। इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित सानिमा बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।