काठमाण्डौ । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्ने संख्या खुलाई निवेदन दिनुपर्नेछ।
निवेदन दिँदा न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ।
तोकिएको समयभित्र सेयर खरिद आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार संस्थापकभन्दा बाहिरका व्यक्ति तथा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago