काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। 

यो योजनाका इकाइहरु गत कात्तिक १६ गतेबाट बिक्री खुला गरिएको थियो। यस योजनाको निष्कासन बन्द छिटोमा आज कात्तिक २० गते बैंकिङ समयपछि गरिने भनिएको थियो। 

मागबमोजिम आवेदन नपरेका कारण निष्कासन अवधि कात्तिक ३० गतेसम्म लम्ब्याउनुपरेको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ। यद्यपि उक्त मितिभन्दा अगाडि नै मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ। 

कोष प्रवर्द्ध सानिमा बैंक रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १ करोड ५६ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १३ प्रतिशत बिज पुँजीबापत कोष प्रवर्द्धधक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशतले हुन आउने २४ लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ। बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको ‘मेरो सेयर’बाट अनलाइन आवेदन पनि दिन सकिन्छ।