काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। चैतमा यीमध्ये २ वटा योजनाको न्याभ बढ्दा एउटाको घटेको छ भने एउटा स्थिर रहेको छ। 

चैतमा इक्विटी फन्डको न्याभ बढे १२.२५ रुपैयाँ कायम भएको छ। गत फागुनमा यो योजनाको न्याभ १२.१४ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र अन्यमा कुल १ अर्ब ४६ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी १ अर्ब ४५ करोड रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल आय ६३ लाख ९५ हजार रुपैयाँ रहेको छ। गत फागुनमा कुल व्याय ८१ लाख ८० हजार रुपैयाँ थियो।

चैतमा लार्ज क्याप फन्डको न्याभ पनि बढेर ९.१८ रुपैयाँ कायम भएको छ। गत फागुनमा न्याभ ९.१२ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र अन्यमा कुल ९१ करोड ५१ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी ८९ करोड ९६ लाख रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल आय ३ करोड ४६ लाख रुपैयाँ रहेको छ। गत फागुनमा कुल आय २ करोड ७५ लाख रुपैयाँ थियो।

यसैगरी चैतमा ग्रोथ फन्डको न्याभ पनि बढेर ९.९६ रुपैयाँ कायम भएको छ। गत फागुनमा न्याभ ९.८७ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत चैतसम्म धितोपत्र र अन्यमा कुल २० करोड ५९ लाख रुपैयाँ लगानी भएको छ। गत फागुनसम्म यस्तो लगानी १८ करोड ३५ लाख रुपैयाँ थियो।

चैतमा यो योजनाको कुल व्याय २४ लाख ९३ हजार रुपैयाँ रहेको छ। गत फागुनमा कुल नाफा ८७ लाख रुपैयाँ थियो।