काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। 

असारमा इक्विटी फन्डको न्याभ बढे १३.०९ रुपैयाँ कायम भएको छ। गत जेठमा यो योजनाको न्याभ १२.८० रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असारसम्म धितोपत्र र अन्यमा कुल १ अर्ब ५७६ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी १ अर्ब ५६ करोड रुपैयाँ थियो।

असारमा यो योजनाको कुल आय ११ करोड ५० लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल आय ७ करोड ७३ लाख रुपैयाँ थियो।

असारमा लार्ज क्याप फन्डको न्याभ पनि बढेर ९.७८ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ ९.५६ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असारसम्म धितोपत्र र अन्यमा कुल १ अर्ब ३ करोड रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी १ अर्ब ५४ लाख रुपैयाँ थियो।

असारमा यो योजनाको कुल आय १० करोड ६३ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल आय ७ करोड ९८ लाख रुपैयाँ थियो।

यसैगरी असारमा ग्रोथ फन्डको न्याभ पनि बढेर १०.२७ रुपैयाँ कायम भएको छ। गत जेठमा न्याभ १०.९ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत असारसम्म धितोपत्र र अन्यमा कुल ३९ करोड ५ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ३१ करोड ८५ लाख रुपैयाँ थियो।

असारमा यो योजनाको कुल आय १ करोड ८२ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल आय ६३ लाख ४९ हजार रुपैयाँ थियो।