काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, लार्ज क्याप फन्ड र ग्रोथ फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटै योजनाको न्याभ घटेको छ। 

साउनमा इक्विटी फन्डको न्याभ घटेर १२.८६ रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ १३.०९ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म धितोपत्र र अन्यमा कुल १ अर्ब ४१ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब ५७ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय २ करोड ९३ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय ११ करोड ५० लाख रुपैयाँ थियो।

साउनमा लार्ज क्याप फन्डको न्याभ पनि घटेर ९.५३ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ ९.७८ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म धितोपत्र र अन्यमा कुल ९५ करोड ५२ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय २ करोड ९७ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय १० करोड ६३ लाख रुपैयाँ थियो।

यसैगरी साउनमा ग्रोथ फन्डको न्याभ पनि घटेर १०.१५ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ १०.२७ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत साउनसम्म धितोपत्र र अन्यमा कुल ४२ करोड ७५ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ३९ करोड ५ लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल व्यय ८० लाख ७ हजार रुपैयाँ रहेको छ। गत असारमा कुल आय १ करोड ८२ लाख रुपैयाँ थियो।