काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३) सोमबारदेखि बिधिवत रुपमा धितोपत्र दलालको कारोबार सुरुवात गरेको छ । 

काठमाण्डौमा उक्त सेवाको शुभारम्भ सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निश्चल राज पाण्डे र सानिमा सेक्यूरिटीज लिमिटेडका सञ्चालकहरुले  संयुक्त रुपमा गरेका हुन् ।

सो अवसरमा सानिमा बैंक लिमिटेडका सीईओ पाण्डेले  सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार सञ्चालनमा आएकोमा बधाई दिंदै सबल र विश्वसनीय धितोपत्र दलालको  रुपमा निरन्तर कार्य गर्न आग्रह गरे ।

सानिमा सेक्यूरिटीज लिमिटेडले गत साउन १० गते नेपाल धितोपत्र बोर्डबाट र गत भदौ २५ गते नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्राप्त गरेको थियो  ।