काठमाण्डौ । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

कम्पनीले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको बताएको छ । 

कम्पनीले भूकम्पका कारण मृत्यु हुने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कम्पनीको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञलनमा छन् ।