 
                     
                                
                             
                                    काठमाण्डौ । सानिमा बैंकले अक्सनमा ल्याएको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोषले उठाएको छ ।
सानिमा बैंकले चैत ७ गतेदेखि संस्थापक सेयर लिलामीमा राखेको थियो। चैत २५ गतेभित्र लिलामीमा सहभागी हुन चाहनेले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने थियो ।
अक्सनको बिक्री प्रबन्धकको काम गरिरहेको सानिमा क्यापिटलस्थित स्रोतका अनुसार सानिमा बैंकको संस्थापक सेयर लिलामीबाट खरीद गर्न परेका बोलपत्रमध्ये कर्मचारी सञ्चय कोषबाट पेश भएको बोलपत्रका लागि सबै कित्ता सेयर परेको हो।
कर्मचारी सञ्चयकोषले सबैभन्दा बढी प्रतिकित्ता १८० रुपैयाँ १० पैसाको दरले संस्थापक सेयर खरीदका लागि बिड गरेको थियो । उसले सबै कित्ताका लागि बिड गरेकोमा उच्च मूल्यको बोली लगाएकोले सबै कित्ता नै पाएको बताइएको छ ।
यसरी सानिमाको संस्थापक सेयर एकैपटक उठाएर कर्मचारी सञ्चयकोषले हालको बजार मूल्य अनुसार एकैपटक २३ करोड बढी नाफा गर्ने अवस्था बनाएको छ। किनभने दोश्रो बजारमा सानिमा बैंकको संस्थापक सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २६५ रुपैयाँ रहेको छ ।
संस्थापक सेयरधनीमध्ये बैंकमा ३.४० प्रतिशतको होल्डिङ रहेको उपेन्द्र महतोका भाई वीरेन्द्रप्रसाद महतोले आफ्नो नामको सबै सेयर अक्सनमार्फत बिक्री गर्ने सफलता पाएका हुन् । महतोको नाममा २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर थियो ।
पछिल्लो समय उपेन्द्र महतोले सानिमा बैंकलगायत अन्य कम्पनीमा आफ्नो नाममा रहेको सेयर बिक्री गरी निकै ठूलो लगानी मेडिसिटी अस्पतालमा गर्न लागेका छन् । महतोका भाई वीरेन्द्र महतो माछापुच्छ्रे बैंकका अध्यक्ष समेत हुन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19