काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २२ करोड ९३ लाख नाफा आर्जन गरेको छ ।
कम्पनीको यो नाफा करपछिको हो। अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा २० करोड २० लाखमा सीमित थियो। यसरी नाफामा यो कम्पनीले ५.०३ प्रतिशतको प्रगति गरेको देखिएको हो ।
विद्युत बिक्रीबाट हुने आम्दानीमा ४ प्रतिशतको हाराहारीमा वृद्धि देखिएको छ । अघिल्लो वर्ष ५६ करोड ६९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ६० करोड २८ लाख पुगेको हो ।
अन्यबाट हुने आम्दानी ४ करोड १२ लाखमा सीमित बन्न पुगेको छ ।
कम्पनीले अग्रिम लगानी(एड्भान्स इन्भेष्टमेन्ट)को रुपमा ६५ करोड ३२ लाख खर्च गरेको छ भने संस्थागत लगानी १४ करोड पुर्याएको छ ।
यो वर्ष २ अर्ब ४७ करोड सापटी लिएको कम्पनीले अन्य रिजर्बमा ६ करोड ९६ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको तुलनामा रिजर्ब ३९.३८ प्रतिशतले बढेको हो ।
हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८ गुणा कायम भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19