काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमीटेडले निकट भविष्यमै रु. ३० करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । यसका लागि एनआइसी एशिया क्यापिटल लिमीटेडलाई कम्प्नीले निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले प्रति शेयर रु. १०० अंकित दरले हुने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा (कर्मचारीहरु तथा ५ प्रतिशत म्युच्युअल फण्ड समेत) सार्वजनिक निश्कासन गर्न खोजेको हो ।
यही प्रयोजनका लागि एनआइसी एशिया क्यापिटलसँग निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रु.७० करोड रहेकोमा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरेपश्चात चुक्ता पूँजी रु.१ अर्ब हुनेछ।
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago
8 months ago