काठमाण्डौ । सानिमा बैंक लिमिटेडले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
सानिमा बैंकको बोदेबर्साइन विस्तारित काउन्टर आज बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ ।
प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको समुद्घाटन बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई विस्तारित काउन्टर संचालनमा आएकोमा मेयर सिंहले सानिमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न आग्रह गरे ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम संचालनमा रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago