काठमाण्डौ। गत आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित बोनस सेयरका लागि सोमबार सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा बैंकद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार अब प्रतिकित्ता सेयर ३२० रुपैयाँ कायम भएको छ।
यो बैंकको सेयर अघिल्लोपटक अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँको कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र ३.६० प्रतिशतले हुने आउने नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश बैंकको यही कात्तिक २८ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा हुने वार्षिक साधारणसभाले पारित गर्नेछ।
बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका लागि आज सोमबार (कात्तिक १७ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतल हिजो (कात्तिक १६ गते) सम्म कायम सेयरधनीहरु लाभांश प्राप्तिका योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19