 
                     
                                
                             
                                    काठमाण्डौ । सानिमा बैंक लिमिटेडले निष्कासन गरिरहेको ४ अर्ब रुपैयाँबराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।
यो ऋणपत्र गत पुस १ गतेदेखि निष्कासन गरिएको थियो। यसको निष्कासन बन्द छिटोमा पुस ५ गते र ढिलामा पुस १५ गते बैंकिङ समयपछि हुने भनिएको छ। हिजो (पुस ५ गते) सम्म मागअनुसारको आवेदन नपरेका कारण अब लगानीकर्ताहरुले पुस १५ गतेसम्म आवेदन दिन सक्ने ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।
सानिमा बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ। सार्वजनिक निष्कासन गरिएको १६ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
यो ऋणपत्र लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम १६ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालय, सानिमा बैंकको प्रधान कार्यालय तथा सम्पूर्ण शाखाहरुमा ऋणपत्र खरिदका लागि दरखास्त दिन सक्नेछन्। यसैगरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत कात्तिक २७ गते स्वीकृति दिएको थियो। दसवर्षे यो ऋणपत्रमा लगानीकर्ता वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
यस ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा एनपी एलए ग्रेडिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था संस्थालाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19