 
                     
                                
                             
                                    काठमाण्डौ । सानिमा लार्ज क्याप फन्डका इकाइहरु आज शुक्रबार बाँडफाँड गरिएको छ।
यो फन्डका इकाइहरु गत माघ ९ गतेदेखि १५ गतेसम्म बिक्री खुलाइएको थियो। यो फन्डका अंकित मूल्य १० रुपैयाँ कुल १० कराड इकाइको बिक्री खुलाइएको थियो। तर निष्कासन अवधिभित्र मागभन्दा अधिक इकाइ खरिदका लागि आवेदन पर्न आएकाल प्रचलित कानुनबमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरी कुल १२ करोड इकाइ बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार कुल १२ करोड इकाइमध्ये बीज पुँजीका रुपमा १६.१६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८८ हजार ९४० इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरिएको छ भने बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाइ रितपूर्वक आवेदकहरुलाई माग गरेबमाजिम बाँडफाँड गरिएको छ।
बाँडफाँडसम्बन्धी विवरण आवेदकहरुले सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित मेरो सेयरमा हेर्न सकिने क्यापिटलले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19