काठमाण्डौ । सामलिंग पावर कम्पनी लिमिटेडले १२.३० करोड रुपैयाँको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिंग पावर कम्पनी लिमिटेडद्वारा इलाम जिल्लामा निर्माणाधीन माई बेनी जलविद्युत आयोजना (९.५१ मेगावाट ) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ। कम्पनी स्थापनाको तीन वर्षभित्र ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीमार्फत अन्य दुई जलविद्युत् आयोजनाको पनि निर्माण गरिरहेको छ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीप्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यसका साथै नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई कम्पनीको सेयर रजिस्ट्रारमा नियुक्त गर्नेसमेत सम्झौता भएको छ। 

सामलिंग पावर कम्पनीको ललितपुर सानेपास्थित रजिस्टर्ड कार्यक्रममा उक कार्यक्रमबीच सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिंग पावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका छन्।