काठमाण्डौ । सामलिंग पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सामलिंग पावरलाई १२ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। यो कम्पनीले गत माघ ५ गते आईपीओ निष्कासनको अनुमति माग्र्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब सामलिंग पावरले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीको यो आईपीओ चुक्तापुँजीको २४.६० प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।