काठमाण्डौ । सामलिङ पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत माघ ५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेका छ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।