काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। 

नेप्सेमा आज यी दुवै कम्पनीका आईपीओ सूचीकृत भएका हुन्। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छन्। 

नेप्सेमा सामलिङ्ग पावरको कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ७० हजार, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको ५ लाख र सर्वसाधारणको ७ लाख ३० हजार कित्ता रहेका छन्।

नेप्सेले यो कम्पनीलाई एसपीसी कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९८.७७ रुपैयाँदेखि अधिकतम २९६.३१ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

यसैगरी नेप्सेमा कुल १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ९ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको १५ लाख कित्ता र सर्वसाधारणको २५ लाख ५० हजार कित्ता रहेका छन्।

नेप्सेले यो कम्पनीलाई ‘एनवाईएडीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

यदि भोलि प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी दुवै कम्पनीको सेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।