काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आज बिहीबारबाट कारोबारमा आएको छ।
आज स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित समयका लागि कारोबारमा आएको हो। पहिलो कारोबारमा प्रतिकित्ता सामलिङ्ग पावरको सेयर २९६.३० रुपैयाँमा किनबेच भएको छ।
नेप्सेमा हिजोसामलिङ्ग पावरको कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ७० हजार, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको ५ लाख र सर्वसाधारणको ७ लाख ३० हजार कित्ता रहेका छन्।
नेप्सेले यो कम्पनीलाई एसपीसी कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९८.७७ रुपैयाँदेखि अधिकतम २९६.३१ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19