काठमाण्डौ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजनाबाट अति प्रभावितका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले पहिलो चरणमा आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयवासीका गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।
आयोजना अति प्रभावित समूहका लागि छुट्याईएको सेयरका लागि ३ हजार २५५ योग्य आवेदनहरु परेको थियो। आयोजना अति प्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन्।
त्यस्तै आयोजना प्रभावित समूहका लागि छुट्याइएको सेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो। आयोजना प्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन।
पहिलो चरणको साधारण सेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुका लागि पनि साधारण सेयर निष्कासन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ।
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी गत असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19