काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ पहिलो दिन नै ७.८३ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
आज कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा ४ लाख ३० हजार ५२१ आवेदकबाट कुल ५३ लाख १८ हजार ५२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.८३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकोले यो आईपीओको निष्कासन बन्द कात्तिक ८ गते हुने निश्चित भएको छ। योसँगै यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ।
लगानीकर्ताले मेरो सेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago