काठमाण्डौ । सामसङ मोबाइलले हालै आफ्ना दुई मोडलहरु सामसङ ग्यालेक्सी एस आठ प्लस मोवाइलको खरीदमा नयाँ योजना प्रस्तुत गरेको छ । 

अंग्रेजी बर्षको आठौं महिना अर्थात् अगष्ट महिनामा ''एस आठ''(S8) र ''एस आठ प्लस'''(S8+)का ग्राहकहरुले अतिरिक्त ८ प्रमुख सुविधाहरु पउने बताइएको छ । 

ती सुविधाहरुमा यी दुई मोडलका मोबाइल खरिदमा ग्राहकले ८ प्रमुख सुविधाहरु पउनेछन् । थप गरिएको मोबाइल सेटको कलर एस आठ प्लसमा अर्किड ग्रे तथा एस आठमा कोरल ब्लु, रु ७००० क्यास ब्याक, ब्रेकेज इन्सुरेन्स, ८ महिनासम्मका लागि एनसेल डाटा प्याक, ५० प्रतिशत छुटमा वायरलेस चार्जर, फोरजी योजना, स्मार्ट एकेडेमी तथा सर्भिस सेन्टरमा भिआइपि सुविधा रहेका छन् । 

स्मार्टफोन खरीदमा उपलब्ध हुने ८ सुविधालाई बुँदागत रुपमा हेरौं :
थप गरिएको दुई कलर– ग्यालेक्सी एस आठ तथा ग्यालेक्सी एस आठ प्लसको विद्यमान कलरका साथै अतिरिक्त दुई कलर पनि थप गरिएको छ । अब एस आठ प्लस  मिडनाईट ब्ल्याक, म्यापल गोल्ड र कोरल ब्लु का अतिरिक्त अर्किड ग्रे तथा एस आठमिडनाईट ब्ल्याक र म्यापल गोल्डका अतिरिक्त कोरल ब्लु कलरमा पनि उपलब्ध छन् । 

क्यास ब्याक– योजना अवधिभर दुबै मोडलहरुको खरिदमा रु ७००० छुट गरिएको छ । छुट पछि एसआठको मूल्य रु ८१९०० तथा एस आठ प्लसको मूल्य रु ९१९०० हुनेछ । 

ब्रेकेज इन्सुरेन्स– शिखर इन्सुरेन्ससँगको सहकार्यमा ६ महिनासम्मको ब्रेकेज इन्सुरेन्स सुविधा उपलब्ध रहेको छ । फिजिकल ड्यामेज तथा ब्रेकेजलाई इन्सुरेन्सले कभर गर्नेछ । सक्कल बिल सहित आवश्यक कागजात(६ महिना भित्रको बिल), फोटोसहितको आइडि कार्डको साथ सामसङ सर्भिस सेन्टरमा गई दाबी गर्नु पर्ने छ ।

एनसेल डाटा– एस आठ तथा एस आठ प्लसका ग्राहकलाई एनसेलसँगको सहकार्यमा ८ जिबि डाटा ८ महिनासम्मको लागि (मासिक १ जिबी ) प्रदान गरिनेछ । 

वायरलेस चार्जरको खरिदमा ५० प्रतिशत छुट– एसआठका ग्राहकहरुले ५० प्रतिशत छुटमा रु ५८०० को वायरलेस चार्जर प्राप्त गर्नेछन् । खरिदका लागि नजिकैको सामसङ ब्राण्ड स्टोरमा मान्य मितिसहितको खरिद बिल पेस गर्नुपर्नेछ । यो योजना स्टक रहुञ्जेलसम्म वा अगस्ट महिनाको अन्तिम (जुन अगाडि सकिन्छ) त्यहीसम्म लागू हुने छ । 

फोरजी एसएमएस क्याम्पेन – सामसङले आफ्नो एसएमएस एण्ड वीन  क्याम्पेनलाई निरन्तरता दिंदै यी दुुई मोडलमा पनि समावेश गरेको छ । यहाँ ग्राहकले तत्काल रिचार्ज (रु १००० वा रु १००) वा एस आठ तथा एस आठ प्लसको खरीदमा सतप्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

स्मार्ट एकेडेमी– ग्यालेक्सी एस आठ र एस आठ प्लमा  धेरैभन्दा धेरै उपयोगी फिचरहरु छन् । स्मार्ट एकेडेमीको प्रमुख उद्देश्य भनेकै यी मोडलमा भएका फिचरहरुको विस्तृत जानकारी प्रयोगकर्ताहरुलाई दिनु हो । यस एकेडेमीमा प्रयोगकर्ताहरुले साधारणदेखि विस्तृत फोटोग्राफी सम्बन्धी कोर्स लिन सक्नेछन् । ग्राहकहरुले www.smartacademynepal.com  मा गई कुन समय र मितिमा कक्षा सञ्चालन हुँदै छन् भन्नेबारे पनि जानकारी लिन सक्ने र त्यहाँ उपलब्ध भएको फारम भरी आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।

सर्भिस सेन्टरमा विशेष पहुँच– सुन्धारा र कमलादी स्थित २ सर्भिस स्टेशनहरुमा विशेष पहुँचको सुविधा प्रदान गरिनेछ । जस अन्तर्गत कुनै लाइनमा नै नबसी सहज रुपमा भीआइपी सुविधा प्राप्त हुने बताइएको छ ।