काठमाण्डौ । सामसङले हालै ए एइट प्लस(A8+) स्मार्टफोन नेपाली बजारमा समेत भित्र्याएको छ । 

आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको छ । 

ग्यालेक्सी ए एइट प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता छ । यो सामसङको पहिलो ड्यूल क्यामेरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरुले ग्योलेक्सी ए एइट प्लस फोन अझ बढी आकर्षक, एवम् अझ बढी चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

“सामसङ उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्दित  छ, यसै सिलसिलामा ग्यालेक्सी ए एइट प्लस स्मार्टफोन प्रस्तुत गरेका छौं, यसमा भएको इन्फिनिटि डिस्प्ले तथा लाइभ फोकसका साथ ड्यूल क्यामेरायुक्त ग्योलेक्सी ए एइट प्लस फोनमा यसअघि अन्य फोनमा नभएका विशेष सुविधाहरु छन् । यो फोन हरेक दृष्टिकोणबाट विशेष छ ।”  आइएमबिज, सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने ।

यो मोडलको फोनमा ठूलो स्क्रिन छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तक्र्रिया गर्न सकिन्छ । 

बेग्लै अनुभवका साथ यसमा बिना कुनै रुकावट सिनेमा हेर्न वा गेम खेल्न सकिन्छ, । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्नेछन् ।

सामसङ ग्यालेक्सीको यो मोवाइलमा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा छन् । यसमा एफ १.९ को ड्यूल क्यामेराले गर्दा आफू चाहेको जस्तो सेल्फी खिच्न सकिन्छ । यो सुविधाले गर्दा व्याकग्राउन्ड ब्लर गरी क्लोजअप फोटो खिच्न पनि सकिन्छ । यसमा भएको लाईभ फोकसको विशेषताले गर्दा फोटो खिच्नुअघि वा खिचिसकेपछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ । 

१६ मेगा पिक्सल एफ १.७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ । साथै, यसमा भएका थुप्रै रमाइला विकल्पहरुको प्रयोग गरी फोटोहरु खिच्न सकिन्छ । 

यो फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आइपी  ६८ बटा प्रमाणित छ, धुलो तथा पानी प्रतिरोधी बनेको छ । सामसङको यो ए सिरिजमा पहिलो पटक गियर भिआर पनि प्रयोग गर्न सकिन्छ । 

यो मोडल नेपाली बजारमा कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ, यसको प्रबद्र्धनात्मक मूल्य ने.रु. ५९,९९० तोकिएको छ ।