samsung
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विशेष एवं विभिन्न सुविधाहरु भएको फ्लेक्स वास वासिङ्ग मेसिन भित्र्याएको छ ।
आम नेपाली उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी उक्त उत्पादन बजारमा ल्याएको छ ।
सामसङले मार्च महिनाको २१, २२ र २३ गते सम्पन्न गर्न गइरहेको सामसङ फोरममार्फत यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको हो । यसको मूल्य रु २,६९,९९९ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङको साथ प्रदान गरिनेछ ।
यो फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ केजी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरुको साथ कम भाइव्रेट गर्ने खालको प्रविधि यस वासिङ्ग मेसिनमा उपलब्ध हुने छन् ।
अपर वास सुविधाले विभिन्न कपडाहरुलाई एकै साथ धुन सकिन्छ । त्यति मात्र होइन यो सुविधाले गर्दा समय र बिजुली पनि कम लाग्दछ । यसमा भएको पावरफुल बबल एक्सन जस्तो विशेषताले यो वासिङ्ग मेसिनमा लुगा धुँदा थप निखारता प्रदान गर्दछ । स्मार्ट कन्ट्रोल प्रविधिको प्रयोग भएको हुँदा वासिङ्ग मेसिनले अहिलेको जीवनशैलीलाई थप सुबिधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19