काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरुको २०७८ को जेठ र असार गरी दुई महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ। 

सिंहदरबारमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले जेठ र असारको योगदान रकम सरकारले व्यहोर्ने जानकारी गराएका हुन्। 

यो योजनामा असंगठित क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई समेत समेटिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

हाल सरकारले ल्याएको यस योजनामा निजी क्षेत्रका सबै श्रमिकका लागि अनिवार्य सहभागी हुनुपर्ने भनेको छ। यस योजनामा श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत रकम मासिक रुपमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ।