काठमाण्डौ । छैटौं सामाजिक सुरक्षा दिवस-२०८० को अवसरमा यूलेन्स एजुकेशन फाउण्डेशन सम्मानित भएको छ ।

सरकारले शैक्षिक क्षेत्र कोषमा सूचीकृत रोजगारदाता मध्ये आर्थिक वर्ष २०७९र०८० मा जम्मा भएको योगदान रकमको आधारमा उक्त फाउण्डेसन उत्कृष्ट शैक्षिक प्रतिष्ठान घोषणा गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले फाउण्डेशनका प्रमुख प्राज्ञिक अधिकृत तथा प्रिन्सिपल मेदिन लामिछानेलाई प्रशंंसा–पत्र प्रदान गरेका हुन् ।

उचित कदर गर्दै सम्मान गरिएकोमा प्रशंसा गर्दै फाउण्डेसनले सरकार तथा सम्पूर्ण सहयोगी निकायहरुमा कृतज्ञता ज्ञापन गरेको छ ।