काठमाण्डौ । सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडलाई धितोपत्र बोर्डले ३ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि अनुमति दिएको छ । 

बोर्डले यो कम्पनीलाई साधारण सेयरको प्राथमिक निश्कासनका लागि मंगलबार अनुमति दिएको हो । योसँगै अब कम्पनीले  १०० रुपैयाँ अंकित दरका ३ लाख कित्ता सेयर निश्कासन गर्नेछ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैकिंग रहेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापुँजी बढेर १० करोड पुुग्नेछ । 

आइपीओपछि कम्पनीको संस्थापक:सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० प्रतिशतमा कायम हुनेछ ।