काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ खरीदका लागि तेश्रो दिनसम्म मागभन्दा ४४.४८ गुणा बढी आवेदन परेको छ ।
यो कम्पनीको आइपीओमा तेश्रो दिन मंगलबार साँझ ६ बजेसम्म १ लाख ८६ हजार ७ सय ९८ जनाले आवेदन दिएका हुन् ।
यो समयसम्म १ अर्ब २१ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएससीले जनाएको छ । यसको अर्थ लगानीकर्ताले १ करोड २१ लाख ४३ हजार ३ सय ५० कित्ता खरीदका लागि आवेदन दिएका हुन् ।
यो कम्पनीले कुल ३ लाख कित्ता आइपीओ निश्कासन गरेको हो । जसमध्ये १२ हजार कित्ता लघुवित्तका कर्मचारी, १५ हजार कित्ता म्युचुअल फण्ड र बाँकी रहेको २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
यो हिसाबले सर्वसाधारण लगानीकर्ताबाट तेश्रो दिनसम्म परेको आवेदन ४४.४८ गुणाले बढी हो ।
यसअघि यो कम्पनीले २०७४ माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओ निश्कासनको घोषणा गरेको थियो । तर, माघ ८ गते यो कम्पनीले आइपीओ निश्कासन हुने मिति स्थगन भएको बताएको थियो ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका आइपीओ निश्कासन गरेको हो । आइपीओमा मंसिर ५ गते(भोलि)सम्म आवेदन दिन सकिनेछ ।
आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँको उचाईमा पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago