काठमाण्डौ । कुमारी बैंकको बैंकिङ कारोबार सार्वजनिक बिदाको दुई दिन पनि सञ्चालन हुने भएको छ । आज(पुस २७ गते) र भोलि शनिबारका दिन सार्वजनिक बिदा भएतापनि कुमारी बैंक भने खुला हुने भएको हो । 

बैंकले एक सूचना जारी गर्दै पुस २७ र २८ गते सार्वजनिक बिदाका दिन बैंकका समपूर्ण शाखा कार्यालय र विस्तारित काउन्टरहरु खुला रहने जनाएको छ । 

पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १.३० बजेसम्म र पुस २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकले बैंकिङ कारोबार सञ्चालन गर्ने जनाएको छ ।  

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।