काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको फागुन १६ गते बसेको बैठकले कम्पनीका सञ्चालक श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो। 

यसअघि कम्पनीका अध्यक्ष लक्ष्मीदास मानन्धर थिए। उनको निधनपछि अध्यक्ष पद रिक्त थियो।