काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको पुस २५ गते बेलुका ५.४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो । 

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ । 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।