काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (एसटीसी) ले आफ्नो ५३ औँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको आज सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर ३० गते मंगलबार भर्चुअल जुम मिटिङबाट गर्ने निर्णय गरेको छ।
सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19