काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। योसँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।
अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने निर्णय गरिएको कम्पनी सचिव विष्णुप्रसाद रेग्मीले जानकारी दिए।
नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदनका लागि कम्पनीको आगामी साधारणसभामा पेस गर्ने निर्णय पनि भएको रेग्मीले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19