काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

सिंगटी हाइड्रोले असार २७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै निवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँबराबरको हकप्रद आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले लिएको छ। 

सिंगटी हाइड्रोको हकप्रद बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।