काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले रु. २० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत कात्तिक २९ गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले स्वीकृति प्रदान गरेमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।