काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज २ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत भदौ २९ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ।
कम्पनीले जारी गरेको कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19