 
                     
                                
                             
                                    काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म १६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
गत भदौ २९ गतेदेखि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असोज २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
सीडीएससीका अनुसार आज साँझसम्म यो आईपीओमा १५ लाख ३८ हजार ३८३ आवेदकबाट कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.२९ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट यो आईपीओमा १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
यो आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19